मेयर हर्कको उपस्थितिमा सुम्निमा पारुहाङ प्रतिमा सहयोगार्थ धरानमा फिल्म ‘चारदाम’ को च्यारिटी शो हुने

इटहरी । धरानमा स्थापना गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमा सहयोगार्थ फिल्म ‘चारदाम’ को विशेष च्यारिटी शो गरिने भएको छ । धरानस्थित फ्रेन्ड्स सिनेमामा ‘चारदाम’को यहि माघ ६ गते शनिबारका दिन विशेष च्यारिटी शो गरिने फिल्मका लेखक, निर्देशक तथा कलाकार लाखमान योन्जन तामाङले जानकारी गराए । धरानका नगरप्रमुख हर्क साम्पाङको प्रमुख आतिथ्यतामा ‘चारदाम’ फिल्म मध्याह्न १२ बजे प्रदर्शक गरिने निर्माण युनिटको तयारी छ । यो शोबाट उठेको रकमबाट खर्च कटाएर सुम्निमा पारुहाङको प्रतिमा निर्माण सहयोग स्वरुप हस्तान्तरण गरिने बताईएको छ ।

यस्तै केहिअघि चारदाम युनिट धरानका नगरप्रमुख हर्क साम्पाङसहित वाटर रिजर्भ ट्यांकी फुस्रेमा भएको श्रमदानमा समेत सहभागी भएको थियो । यो फिल्मको यसअघि इटहरी, चक्रघट्टि र पोखरामा सफल रुपमा विशेष शो सम्पन्न गरिएको छ । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म ‘चारदाम’को मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता हुन् । चारदाम फिल्ममा लाखमान योन्जन तामाङको लेखन, निर्माण, अभिनय तथा निर्देशन रहेको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म ‘चारदाम’मा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।