निरन्तर घट्दै सुन चाँदीको मूल्य

काठमाडौँ । यो साता लगातार पाँचौँ दिनसम्म निरन्तररुपमा सुनचाँदीको मूल्य घटेर कारोबारमा आएको छ । आइतबारदेखि नै घट्दोक्रममा रहेको सुनचाँदीको मूल्य आज बिहीबार पनि निरन्तररुमा घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।

यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ थियो । त्यसयता सोमबार, मंगलबार र बुधवार समेत घटेको थियो । र, महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य घटेर कारोबारमा आएको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।