पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को फाइनल प्रतिस्पर्धा फागुन १२ मा हुने

धनकुटा,९ फागुन । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि धनकुटाद्धरा संचालन गरिएको पूर्वाञ्चल गट ट्यालेन्ट २०८० सिजन ५ को फाइनल प्रतिस्पर्धा यही फागुन १२ गते धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा हुने भएको छ । आयोजक संस्थाले धनकुटामा आज पत्रकार संम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

कोशी प्रदेशका १४ जिल्लामा संचालन गरिएको विभिन्न चरणको अडिसन पार गर्दै अन्तीम चरणमा पुगेका गायन तर्फका १२ र नृत्य तर्फका १४ प्रतिस्पर्धीहरु बिच फाइनल अडिसन हुन लागेको रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लिका संस्थापक तथा कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

कार्यक्रमले कला संस्कृतीको जगेर्ना सहित धनकुटा जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा रहेको कार्यक्रम संयोजक योगीको भनाई थियो ।

प्रतियोगिताका दुवै विद्याका प्रथम हुनेले नगद २ लाख, ५ लाख बराबरको जीवन बिमाको १ प्रिमियम, ट्रफि,गिफ्ट ह्यामपर, म्युजिक रेकट गर्ने अवसर प्राप्त गर्ने छन् भने दोस्रो हुनेले २ लाख बराबरको जीवन बिमाको १ प्रिमियम, ट्रफि,गिफ्ट ह्यामपर र तेस्रो हुनेले ट्रफि,गिफ्ट ह्यामपर प्राप्त गर्ने र प्रतियोगीले भोट तथा निर्णयकको ५० ÷५० अंकको आधारमा प्राप्त गरेको नम्बरको आधारमा बिजेताको छनोट गरिने समेत पत्रकार संम्मेलनमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै आयोजक संस्थाकी अध्यक्ष स्मृती राईले कला संस्कृतीको जगेर्ना गर्नु आजको आवश्यकता भएको बताउँदै कार्यक्रमको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको बताउँनु भयो ।

कार्यक्रमको निर्णयकमा कृष्ण भक्त राई, जुनि खालिङ्ग राई, महेश राई, युसिन यस्माली मगर र बिशेष गुरुङ्ग रहनु हुने छ भने मिडिया पार्टनरको रुपमा धनकुटा खबर, उज्यालो खबर र रेडियो खबर पालिका रहने समेत जानकारी गराइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖