लिम्बु समुदायको संस्कृति बोल्ने ‘सुगुप’ फागुन २८ गते इटहरीमा प्रदर्शन गरिने

इटहरी । पछिल्लो समय कोशी प्रदेशमा यहाँको समुदायलाई लक्षित गर्दै रितिरिवाज, भाषा, संस्कार र संस्कृतीलाई उठान गरेर फिल्महरु बन्ने क्रम बाक्लिदो छ । यसप्रकारका फिल्म निर्माण गर्दै ‘विशेष शो’ गर्ने प्रचलन पनि बढेर गएको छ । यसैक्रममा फिल्म ‘सुगुप’को पनि इटहरीमा ‘विशेष शो’ आयोजना गरिने भएको छ । लिम्बु समुदायको संस्कृतिलाई यो फिल्ममा उठान गरिएको छ भने यसमा लिम्बू भाषा र नेपाली राष्ट्रिय भाषालाई आवस्यकता अनुसार समावेश गरिएको छ ।

इटहरीमा अवस्थित इलाईट सिनेमा हलमा यो फिल्मको २ शो प्रदर्शन गरिने फिल्म युनिटले जनाएको छ । विशेष शोको लागी यतिबेला तयारी भैरहेको फिल्मकी कलाकार समेत रहेकी इटहरी प्रदर्शनको जिम्मेवारी पाएकी डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बोले जानकारी गराईन् । उनले यो फिल्ममा आमाको भुमिका निर्वाह गरेकी छन् । ग्याल्पो लोछारको अवसर पारेर इटहरी प्रदर्शन गर्न लागिएको फिल्म दिनको १२ बजेदेखि प्रदर्शन गरिने छ ।

एकैसमयमा इलाईटको २ ओटै हलमा ‘सुगुप’ प्रदर्शनको चाँजोपाँजो मिलाईएको कलाकार लिम्बुले जानकारी गराईन् । निर्माण युनिटले ‘सुगुप’ को केहिसाता अघि ट्रेलर समेत सार्वजनिक गरेको थियो । ३ मिनेट १० सेकेन्ड लामो ट्रेलरमा फिल्मका प्रमुख पात्रहरुलाई फिचर्ड गरिएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा यो फिल्मलाई रबिन कुमार नाल्बोले प्रस्तुत गरेका हुन् भने निर्देशक लोकेन साँवा हुन् । देबेन्द्र खापुङको पटकथा रहेको ‘सुगुप’को रबिन कुमार नाल्बो प्रमुख निर्माता हुन् भने दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्मातासंगै एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो र राम प्रसाद पंधाक सह-निर्माताको रुपमा रहेका छन् ।

यो फिल्मको पहिलो ‘विशेष शो’ हङकङमा भब्य आयोजना भएको थियो भने यहि फागुनको १२ र १७ गते काठमाडौमा समेत ‘विशेष शो’ को आयोजना हुँदैछ । बिराटनगर र धरानमा समेत इटहरीसंगै एकसाथ ‘सुगुप’को विशेष प्रदर्शन गर्ने तयारी रहेको छ । यो फिल्ममा वरिष्ठ कलाकार प्रेम सुब्बा, यासेली योङहाङ, फुलन्देको बाउ उपनामले परिचीत मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतको अभिनय रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।