डाबर वाटिका स्याम्पु “मिस नेपाल २०२४” को टाइटल स्पोन्सरको रुपमा जारी

काठमाडौ । डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरशिपको घोषणा गर्दछ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

पछिल्लो केही वर्षहरूमा, डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उतकृष्ट नमुना बनेको छ । शीर्षक प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ।

डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भन्नुहुन्छ, “हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौं । यो साझेदारी मार्फत, हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं ।“

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित भन्नुहुन्छ “मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौं। हामी अनगिन्ती व्यक्ति र समुदायहरूलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं।

डाबर वाटिका न्याचुरलस् स्याम्पुले उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधानहरू भएको प्राकृतिक स्याम्पुहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। डाबर वाटिका प्राकृतिक स्याम्पु ३ प्रकारमा उपलब्ध छ– कालो कपालको लागि ब्ल्याक शाइन स्याम्पु, बाक्लो र लामो कपालको लागि थिक एण्ड लङ्ग स्याम्पु र डन्डीफरहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पु। प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।