केपी ओली – समय मिले महाजात्रा हेर्छु

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोस्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु’, फेसबुकमा ओलीले लेखेका छन् ।

फिल्मलाई थिएटरले उल्लेख्य शो दिएका छन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ६ शो , सिभिल मलमा ६ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ८ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, विर्तामोडमा ७ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

Shivam Cement
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ८ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ८ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ९ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ८ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ शो र कालिमाटीमा ७ शो दिएको छ । यस्तै, बागबजारमा रहेको सिटी म्याक्स सिनेमाजमा ४ शो, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ८ शो, बानेश्वरमा रहेको आइएनआईमा ८ शो र बुटवलमा रहेको आइएनआइमा ८ शो दिएको छ ।

यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा ६ शो, पोखरामा रहेको सिनेप्लेक्समा ७ शो, पोखरामा रहेको मिडटाउनमा ६ शो, सिमरामा रहेको केएसआर मुभिजमा ४ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, बुटवलमा रहेको भिउ सिनेमाजमा ६ शो, विराटनगरमा रहेको सिटी सिनेमामा ६ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ४ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा ५ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा ३ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा ४ शो, बनेपामा रहेको शुभकामना हलमा ४ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ५ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो, हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको कमल विनायक सिनेमाजमा ३ शो, पोखराको लामाचौरमा रहेको हिमाज सिनेमाजमा ३ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा ५ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ९ शो प्राप्त भएको छ । यस्तै, फिल्म विदेशका ४० देशको दुईसय ५० सहरमा चैत ९ देखि नै प्रदर्शन हुँदै छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।