धनकुटा जिल्लामा उत्पादित वस्तुहरुको बजारीकरण सम्बन्धि उद्यमी र सरोकारवाला बीच अन्तरक्रिया

धनकुटा । धनकुटा जिल्लामा उत्पादित वस्तुहरुको बजारीकरण सम्बन्धि आज उद्यमी र सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । साना तथा घरेलु उद्योग कार्यालय धनकुटाद्वारा आयोजित अन्तरक्रियामा उद्यमीहरुले उत्पादित वस्तुको बजारीकरणमा समस्या खेप्नु परेको गुनासो गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा बोल्दै उनिहरुले सरकारले स्थानिय उत्पादनको उपयोगलाई अनिवार्य गरिदिए उत्पादित वस्तुको बजार व्यवस्थापनमा सहयोग पुग्ने बताएका छन् । सरकारले स्थानिय स्तरमा उत्पादित वस्तुको बजारीकरण गरिदिए आफुहरुलाई धेरै सहज हुने उनिहरुको भनाई छ ।

अन्तराष्ट्रिय बजारबाट आउने उपभोग्य वस्तुको कारण स्थानिय स्तरमा उत्पादित वस्तु विक्री गर्न समस्या हुनेगरेको भन्दै उनिहरुले यो समस्या समाधानका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आफुहरुले उत्पादन गरेको वस्तु अन्तराष्ट्रिय बजार सम्म पुर्याउन सरकारलाई नै घुस खुवाउनु पर्ने समेत समस्या रहेको गुनासो उनिहरुको छ ।

श्रेष्ठ एण्ड राई होमस्टे धनकुटा १ हिलेमा भएको अन्तरक्रियामा उद्यमी व्यवसायीहरुले राखेको जिज्ञासा तथा गुनासोलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती धनकुटाका प्रमुख तामाङले आफुहरुले उत्पादन गरेको उपभोग्य वस्तु उपभोग गर्ने वानीको विकास गर्न आवश्यक रहेको वताउनु भयो । आफ्नै घर जग्गामा उत्पादित मकै,भट्मास, स्कुस, आलु, सुठुनी जस्ता वस्तुहरु घरमा हुँदाहुँदै पनि कोही पाहुना आउदा चाउचाउ,बिस्कुट, ड्यु जस्ता सामाग्री किनेर मेजमान दिने चलनको विकास भएको भन्दै उहाँले यस्तो गर्न नहुने बताउनु भयो । सकेसम्म सबैले स्थानिय स्तरमा उत्पादित वस्तुको उपभोगलाई प्राथामिक्तामा राख्नु पर्ने बताउनु भयो । जिल्लाका उद्यमी,व्यवसायीले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि सबैको जिम्मेवारी उत्तिकै रहेको बताउनु भयो ।

त्यस्तै पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले आम नागरिकको आवश्यक्तालाई पहिचान गरि राज्यले लगानी गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । जनताको मुख्य आवश्यक्ता पहिचान र प्राथमिकीकरण नगरी लगानी गर्दा उपलब्धिमूलक नहुने भन्दै उहाँले कृषि क्षेत्रमा लगानी गर्न जोड दिनुभयो ।

सहिदभूमि गाउपालिका अध्यक्ष मनोज राईले व्यवसायीहरुको गुनासो केन्द्र सरकार सम्म पुर्याउन पुलको काम गर्ने प्रतिवद्वता जनाउनु भयो । उहाँले वार्षिक रुपमा भारतबाट ६ खर्व बराबरको तरकारी नेपालमा आयात भएको उदाहरण दिदै यहाँ उत्पादित वस्तु तथा तरिकारीको लागि बजार अभाव कसरी भयो भन्ने कुराको अध्ययन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामै उत्पादित वस्तुको कोशेली, मायाको चिनो, उपहार दिने निर्णय तत्तकाल गर्ने बताउनु भयो । कार्यक्रममा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुकामना मन्तव्य राखेका थिए ।

कृषि ज्ञानकेन्द्र धनकुटाका प्रमुख रत्न ठाडा मगर,भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक खगेन्द्र कन्दङ्वा लगायतले उद्यमीहरुको जिज्ञासाको उत्तर दिएका थिए ।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउदै कृषि अभियान्त जीवन प्रसाद राईले धनकुटामा कृषि तथा पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको बताउनु भयो । यो क्षेत्रको विकासले जिल्लालाई समृद्व बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य साना तथा घरेलु उद्योग कार्यालयका कर्मचारी विकास कार्कीले राख्नु भएको थियो सञ्चालन अर्जुन गिरीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖