सहिद भीमनारायण गोल्डकप प्रतियोगिता बैशाख २३ देखि,आठ टिमको सहभागिता
धनकुटा,२१ बैशाख । १६ औं सस्करणको सहिद भीमनारायण गोल्डकप प्रतियोगिता यहि बैशाख २३ गते देखि २९ गते सम्म संचालन हुने भएको छ ।
धनकुटामा शुक्रबार पत्रकार संमेलन गर्दै आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृती प्रतिष्ठानले १६ औं सस्करणको शहिद भीमनारायण गोल्डकप प्रतियोगिता यहि बैशाख २३ गते देखि २९ गते सम्म संचालन हुने जानकारी गराएको हो ।
प्रतियोगितामा त्रिभूबन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ सहित खेलमा ८ वटा टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष पुरेन्द्र लाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद २ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने विद्यागत रुपमा उत्कृष्ठ हुने खेलाडीलाई समेत पुरस्कारको व्यावस्था गरिएको आयोजकले जनाएको छ । खेल धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा हुने छ ।
