सहिद भीमनारायण गोल्डकपमा बर्षाका कारण आजको खेल स्थगित

धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच खेल भइरहेको थियो । खेल सुरुवातको दोस्रो मिनेटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, नियमित पानी परिरहेकाले मध्यान्तरपछिको खेल स्थगित गरिएको हो ।

मध्यान्तरअघि वर्षाकाबीच पनि खेल भइरहेको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गर्नुपरेको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए । उनका अनुसार एपीएफ र फोरस्टार युवा क्लबबीच भोलि बिहान १० बजे पुनः खेल हुनेछ ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।