रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ ।  रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो । 

यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो ।  रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए । 

यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २-२ गोलको बराबरीमा सकिएको थियो । 

योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।  रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो । 

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।  फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।