धनकुटाको सहिदभूमिमा सम्पन्न दोस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ३ र ५ लाई

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा जारी दाेस्राे अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे उपाधि वडा नं ३ र वडा नं ५ ले जितेको छ ।

बुधबार सम्पन्न फाईनल खेलमा पुरुष तर्फ दाेस्राे अध्यक्ष कपकाे उपाधि सहिदभूमि वडा नं ३ ‘A’ र सहिदभूमि वडा नं.३ ‘B’ बिच भएको खेलमा बेस्टअफ फाईभमा ३-२ गाेल अन्तरले ‘B’लाई हराउँदै उपाधि हाँसिल गरेको हाे । त्यस्तै उसले उपाधि संगै नगद ५५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाए । उपबिजेता सहिदभूमि ३ ‘B’ले नगत ३५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरे । सान्त्वना तृतीय हुन सफल सहिदभूमि वडा नं १ ‘A’ले पनि नगद २० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे ।

यस्तै महिलातर्फ सहिदभूमि वडा नं ५ ‘A’ ले दाेस्राे अध्यक्ष कपकाे उपाधि २-१ गाेल लगाउदै उपाधि जितेको हाे । जित संगै सहिदभूमि ५ ‘A’ले नगद ५५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाए । यस्तै उपविजेता सहिदभूमि ५ ‘B’ले पनि नगद ३५ हजार ट्रफी मेडल प्रमाणपत्र हात पार्याे । सान्त्वना तृतीय हुन सफल महिला तर्फको वडा नं ४ ‘A’ले पनि नगद २० हजार मेडल प्रमाणपत्र पाए ।
पुरुषतर्फ उत्कृष्ट खेलाडी सहिदभूमि वाडा नं ३ ‘A’ का खेलाडी एमसन राई बन्न सफल भयो भने उदयमान खेलाडी को रूपमा सहिदभूमि वडा नं १’A’ का खेलाडी सुशान्त थापा छनोट भए ।

यस्तै गरी, महिलातर्फको उत्कृष्ट खेलाडी सहिदभूमि वडा नं . ५ ‘A’ का खेलाडी रिया राई बने भने उदयमान खेलाडी को रूपमा सहिदभूमि वडा नं ५ ‘A’ का खेलाडी प्रदिशा राई छनोट भए । दुवै तर्फकका उत्कृष्ट खेलाडीलाई नगद १५ सय , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे । उदयमान खेलाडीहरुलाई पनि नगद १ /१ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेल समापन कार्यक्रममा सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की , ७ वटै वडाका वडाध्यक्षहरूले पुरस्कार वितरण गरेको थियोे । यस्तै जनप्रतिनिधिहरू , कर्मचारीहरू, शिक्षक/ प्रधानाध्यपक, सुरक्षाकर्मीहरू लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।