नेकपाका केन्द्रीय सदस्य, उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरी आजपामा प्रवेश

काठमाडौं- ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। 

आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा केन्द्रीय सदस्य चौधरीले आजपामा प्रवेश गरेका हुन्। चौधरीलाई आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले जनाएका छन्। 
आजपा प्रवेश गरेका चौधरीले प्रभु साह नेतृत्वको पार्टीको नीति, विचार तथा कार्यक्रम मुलुकको परिवर्तनका लागि आवश्यक भएकाले यो पार्टी प्रवेश गरेको बताए। 

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जारी गरेको संघर्षका कार्यक्रमले आफू प्रभावित भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि पार्टीको जारी अभियानमा लाग्ने बताए। पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने लहर चलेको केन्द्रीय सदस्य यादवले जनाएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।