नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित

विराटनगर । नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार विराटनगर–११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो ।

कलाकार राईलाई अग्रज साहित्यकार देवी पन्थी, मधु पोखरेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले माला र अविर लगाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सोही अवसरमा संस्थाले साहित्यकार मञ्जु घिमिरे दाहालको नेतृत्वमा कार्यसमितिको पुनर्गठनसमेत गरेको छ । समितिको उपाध्यक्षमा भूपाल अधिकारी, सचिवमा सुजाता राई, सहसचिवमा रेनुका राई र कोषाध्यक्षमा ऋषि तिवारी चयन भए ।

त्यस्तै किस्मत खतिवडा, म्यामराज राई, शान्ता भट्टराई, मुस्कान पन्त, फुलु प्रधान र कुमार श्रेष्ठ सदस्यमा छानिए । डा. देवी पन्थी, भरत गुरागाईं, बाबुराम पोखरेल, मधु पोखरेल, सीता लामिछाने, प्रमोद ढकाललाई कार्यसमितिको सल्लाहकारमा मनोनित गरिएको संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष राजन न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहनु भएका कवि मीनकुमार नवोदित, डियर कल्याण प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, साहित्यकार छवि बैरागी, हरि कट्टेल, हरिप्रसाद बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।