धनकुटामा १२ प्रतिशत मात्र धान रोपाईं

धनकुटा,१४ असार । धनकुटामा असारको दोस्रो साता बित्न लाग्दा जम्मा १२ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।

धनकुटामा असारे धान खेती हुने करिब ५ सय ९२ हेक्टर मध्ये अहिले सम्म १२ प्रतिशत खेतमा धान रोपाइ भएको कृषि ज्ञान केन्द्र धनकुटाका सुचना अधिकारी रत्न बहादुर ठाडा मगरले जानकारी दिनु भयो ।

धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने भएको र अहिले खेत रोपाई गर्नका लागि प्रयाप्त बर्षा नभएकोले तुलनात्मक रुपमा खेतीको प्रतिशत कम भएको मगरको भनाई छ ।

धनकुटाको लेगुवा, आहाले, महाभारत, तांखुवा, परेवादिन लगायतका जिल्लाका अन्य स्थानमा असारे धान खेती हुने गरेको छ । धनकुटामा उन्नतजातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।-फाइल तस्बीर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।