धनकुटामा गोलभेडाको मूल्यमा करिब ८० प्रतिशतले वृद्धि
धनकुटा,३१ साउन । धनकुटामा एक हप्ताको अबधिमा गोलभेडाको मूल्यमा करिब ८० प्रतिशत वृद्धि भएको छ । हप्तादिन अघि ४० देखि ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइ आएको गोलभेडा अहिले ८० देखि ९० रुपैयाँ सम्म पुगेको हो ।
हप्तादिन अघि सम्म ४० देखि ५० रुपैयाँमा कारोबार भएको गोलभेडाको मुल्य अहिले किसानकै बारीमा ६० देखि ७० रुपैयाँ सम्म रहेकोले बजारमा मूल्य अकासिएको व्यावसायीहरुको भनाई छ ।
गोलभेडाले मूल्य पाउँदा किसानलाई राहत भएको धनकुटा नगरपालिका कृषक शुभराम राइले बताए । गोलभेडाको मूल्य बढ्दा उपभोक्तालाई भने समस्या भएको धनकुटा सदरमुकाममा डेरा गरि बस्दै आएकी दिपा राइको भनाई छ । वर्षातको सिजनमा खुला ठाउँमा गोलभेंडा उत्पादन हुँदैन राम्रो नहुने भएकोले मूल्य बढेको व्यावसायीहरुको भनाई छ ।


