एमालेले बोलायो पोलिटब्युरो बैठक
काठमाडौं । नेकपा एमालेले पोलिटव्यूरो बैठक बोलाएको छ ।
विहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो ।
पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।


