धनकुटाका सात वटै पालिकामा एमालेले संगठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्न थालिएको हो ।

पाख्रीवास, महालक्ष्मी र छथरजोरपाटीमा संगठन कमिटी निर्माण भइसकेको छ । अब, चौबिसे, साँगुरीगढी, सहिदभूमि र धनकुटा नगरमा संगठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए । संगठन कमिटी निर्माणका लागि एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राईको नेतृत्वमा नेताहरू पालिका–पालिका पुगिरहेका छन् । केन्द्रिय सदस्य सकुन्तला बस्नेत, प्रदेश सचिवालय सदस्य उज्वल किराँती, जिल्ला अध्यक्ष शिव आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिव पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मासहितका नेताहरू संगठन कमिटी निर्माणको अभियानमा जुटिरहेका छन् । केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरू पनि गाउँ–गाउँ पुगिरहेका छन् ।

गत मङ्गलबार पाख्रीवास नगरमा संगठन कमिटी निर्माण गरिएको हो । नगर कमिटी अध्यक्ष शान्तिराम गौतम जिल्ला कमिटीमा मनोनित भएकाले सिताराम राईको नेतृत्वमा संगठन कमिटी निर्माण गरिएको छ । महालक्ष्मीमा शुक्रबार संगठन कमिटी बनाइएको छ । निवर्तमान नगर कमिटी अध्यक्ष किरण गिरीले नै संगठन कमिटी अध्यक्षको जिम्मेवारी पाएका छन् । शनिवार छथर जोरपाटीमा इन्द्र सारुमगरको नेतृत्वमा संगठन कमिटी निर्माण गरिएको छ ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले संगठन कमिटी घोषणा गरे । केन्द्रिय सदस्य राजेन्द्र राईले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सो क्रममा बोल्दै एमाले केन्द्रिय सदस्य राईले एमालेमय बनाउने गरी अभियानमा जुट्न सबैलाई आग्रह गरे । उनले तोकिएको जिम्मेवारी अनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

अब, आइतबार चौबिसे र सोमबार साँगुरीगढीमा पालिका कमिटी निर्माण गरिदैछ । असोज २ गते धनकुटा नगर र ७ गते सहिदभूमिमा संगठन कमिटी निर्माण गर्ने एमालेको योजना छ । तत्कालका लागि संगठन कमिटी बनाइएको भएपनि आगामी मंसिर महिनाभित्र सात वटै पालिका कमिटीको अधिवेशन सम्पन्न गरिने एमाले जिल्ला सचिव एवं संगठन विभाग प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।