नेकपा एमाले पाख्रीबास संगठन कमिटीको आयोजनामा वडा नं ९ को वडा संगठन कमिटी निर्माण कार्य सम्पन्न
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रीबास संगठन कमिटीको आयोजनामा वडा नं ९ को वडा संगठन कमिटी निर्माण कार्य सम्पन्न भएको छ ।
शुक्रबार जय बहादुर तामाङको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी संगठन निर्माण गरेको हाे । उपाध्यक्षमा चन्द्रबहादुर ठाडा ,सचिव बलेन्द्र ठाडा ,उपसचिव कल्पना आले ,उपसचिव दिलु तामाङ ,सदस्यहरुमा सुभचन्द्र माेक्तान,नवीन ठाडा , मंगलसिङ घिसिङ ,देवेन्द्र तामाङ ,याेगेन्द्र तामाङ ,अनिल बम्जन, भिम बहादुर आले,वृष मगर,लालचन तामाङ ,नेत्रबहादुर मगर, केशव बस्नेत , सुर्य बहादुर ठाडा ,निर्मल आले, मान बहादुर राई ,मिठ्ठे आले ,शेरबहादुर पूर्वछाने, गणेश मस्र्याङ्गी ,गजेन्द्र घिसिङ , केशव घिसिङ ,लाेकेन्रद राना,रेवत ठाडा, दुर्गा बहादुर राना,बबिता घिसिङ ,जुनु माेक्तान,हेमकुमार तामाङ र पुष्पा तामाङ रहेका छन् ।
उक्त संगठन कमिटी निर्माण कार्यक्रम पाख्रीबास संगठन कमिटी अध्यक्ष सिताराम राईको अध्यक्षता र पाख्रीबास नगर कमिटी संस्थापक अध्यक्ष एवम् जिल्ला सचिवालय सदस्य शान्ति राम गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगर संगठन कमिटी उपसचिव तोर्ण खपाङ्गीले राख्नु भएको थियो भने सञ्चालन सचिव दुर्गा सुवेदीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश , जिल्ला सचिवालय , जिल्ला सदस्य ,नगर कमिटी , वडा ,तथा सल्लाहकार परिषद सदस्य लगायतको उपस्थिति थियोे । एमाले पाख्रीबासको वडा तहमा वडा संठन निर्माण कार्य भईरहेको र आगामी असोज २१ गते सम्म पाख्रीबासको सम्पूर्ण वडा कमिटी संगठन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिराम राईले जानकारी दिनुभयो साथै नगर संगठ कमिटीको आयोजनामा असाेज २२ गते बृहत् नेपालीको विभिन्न चाडपर्वकाे अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने जानकारी दिनु भएको छ ।





