‘एमालेको सबै दोष बोकेर काँग्रेस हिंड्दैन’–संग्रौला
नारायण कुमार राई/धनकुटा, ८ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला संग्रौलाले सत्ता साझेदार एमालले गरेको गल्तिको भारी काँग्रेसले बोकेर नहिंड्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस धनकुटाले जिल्लामा सञ्चालन गरिरहेको सय दिने अभियानका बिषयमा दिन आयोजित पत्रकार सम्मेलनमा यहाँले यस्तो बताउनुभएको हो ।
‘सत्ता साझेदार भन्दैमा एमालले गरेको सबै कामको जिम्मा कांग्रेसले लिंदैन’–संग्रौलाले भन्नुभयो ।
एमले संगको सत्तासाझोदारी अस्थाथी भएको बताउँदै काँग्रेस आगामी चुनावमा एक्लै चुनाव लड्ने पनि उहाँको भनाई थियो ।
भ्रष्टाचारको बिषयमा आफ्नो दलका नेताहरुको छानबिन र कारवाहीमा कांग्रेसले हस्तक्षेप नगरेकाले रबि लामिछानेको बिषय पनि कसैले अवरोध गर्न नहुने उहाँको भनाई थियो ।
आफूहरुले बिरोध गर्दागर्दै गिरिबन्धु टि–स्टेट अदालतबाट फैसला गरेर दिएको जिकिर गर्दै संगौलाले भुटानी सणनार्थी प्रकरण छानबिनमा नै रहेकोले अपराधमा संलग्न अभियुक्तहरुलाई कारवाही हुने उहाँको धारणा थियो ।
प्रेस युनियन धनकुटाको संयोजनमा आयोजित पत्रकार सम्मेलनमा यस अघि कार्तिक ३ गतेबाट नेपाली कांग्रेस धनकुटाले शुरु गरेको अभियानका बारेमा जिल्लाका सचिव बिजय सन्तोषी राईले जानकारी दिनुभएको थियो ।


