धनकुटाबाट गत आर्थिक बर्षमा ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी
धनकुटा,३० कार्तिक । गत आर्थिक बर्ष २०८० ÷८१ मा धनकुटा बाट करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको छ ।
खोल्साको कालो सुनको नामले परीचित मसलाजन्य वाली अन्र्तगत पर्ने अलैची खेती आर्थिक बर्ष २०८० ÷८१ मा धनकुटाको २ सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको खेती बाट करिब ३४ हजार ८ सय किलो अलैंची उत्पादन भएको र त्यस बाट करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ ।
धनकुटामा उत्पादन भएको अधिकांश अलंैची जिल्ला बाहिर निकासी हुने गरेको छ । पछिल्लो समय अलैंचीको मुल्य बढ्दा किसान समेत बंगैचा व्यावस्थापनमा सक्रिय बन्दै गएको र त्यसले रोग किरा बाट सखाब बनेका बगान समेत पुन उत्पादन दिने अवस्थामा विकास हुदै गएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनु भयो । उहाँले भन्नु भयो धनकुटामा मासिदै गएको अलंैची खेती पुन लयमा फर्किदै छ ।
विदेशी मुद्रा भित्राउने महत्वपूर्ण बाली अलैंची भएकोले यसको व्यावसायीक खेती गर्ने किसान लाई बैंकिङ्ग ऋिण तथा अनुदान बजार र रोगकिरा व्यावस्थापनको कार्य सरकारले गरिदिनु पर्ने किसानको माग छ ।
अलैंचीको मूल्य बढे पछि धनकुटाका किसान तथा व्यापारी खुसी भएका छन् । अहिले धनकुटामा करिब १ दशक पछि अलैंचीको मूल्यमा व्यापक सुधार भई प्रतिमन १ लाख हाराहारी मुल्य पुगेको छ ।


