पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको अध्यक्षमा विदुर खवास सर्वसम्मत

धनकुटा,२९ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको १३ औं अधिवेशनले सर्वसम्मतरुपमा जिल्ला कार्यसमिति चयन गरेको छ ।

महासंघको १३ औं अधिवेशनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको अध्यक्षमा विदुर खवास सर्वसम्मतरुपमा चयन हुनुभएको छ । यसैगरि शाखाको उपाध्यक्षमा डण्डीकेशर कट्टेल(रबिन) चयन हुनुभएको छ ।

यसैगरि शाखाको महिला उपाध्यक्षमा सर्मिला राई चयन हुनुभएको छ । शाखाको सचिवमा हरिवहादुर लम्जेल चयन हुनुभएको छ । महासंघको खुल्ला सह सचिवमा इश्वर थापा चयन हुनु भएको छ भने सह सचिव(समावेशी) तर्फ विश्वराज श्रेष्ठ चयन हुनु भएको छ ।

यसैगरि कोषाध्यक्षमा नारायण कुमार आठपहारिया चयन हुनुभएको छ । यसैगरि महिला सदस्यमा चांदनी राई, दलित सदस्यमा विशाल लम्जेल, आदिवासी जनजातीमा सफलमान राई, अन्य समाबेशी सदस्यमा अजय सन्तोषी राई सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।

यसैगरि खुल्ला सदस्यहरुमा सन्तोष सुवेदी, विजय शेखर श्रेष्ठ, अनिता राई, सप्टिका राई र कल्पना तामांग चयन हुनु भएको छ ।

अधिवेशनले प्रदेश परिषद सदस्यमा टकलाल राई,बिकास घिमिरे,नयराज नेपाल,सुखकला राई र देवकला कार्की चयन गरेको छ भने केन्द्रीय परिषद सदस्यमा सञ्जयसन्तोषी राई, रमेशचन्द्र अधिकारी र मानवी मोक्तान चयन हुनुभएको छ ।

स्थापनाकालदेखि सर्वसम्मतरुपमा नेतृत्व चयन हुँदै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाको यस अधिवेशन पनि सर्वसम्मतरुपमै जिल्ला शाखाको नेतृत्व चयन गरिएको हो ।

महासंघको तीनै तहको निर्वाचन आज बिहान १० बजेदेखि ४ बजे सम्म हुने भएकोले औपचारिक रुपमा परिणाम भने घोषणा हुन बांकी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।