जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता

काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ ।

 

सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । 

 

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । 

आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।्

पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो ।

आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जेम्स निसम यो पटक आश्चर्यतरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो ।

सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।

उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३(३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १(१ विकेट लिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।