नेकपा माओवादी केन्द्र पाख्रीबास नगरपालिका ५ को वडा सम्मेलन सम्पन्न,अध्यक्षमा कार्की
धनकुटा,पुष १६ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाख्रीबास नगरपालिका वडा नं ५ को वडा सम्मेलन आज सम्पन्न भएको छ ।
सम्मेलनले युवराज कार्की (बिकास) को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
उपाध्यक्षद्वयमा ढबुराज बिक र कुमार तामांग,सचिवमा प्रेम कार्की,सह सचिवमा गिता श्रेष्ठ र कोषाध्यक्षमा हेम कुमारी श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा पाख्रीबास नगर कमिटी अध्यक्ष ओम प्रकाश निरौला लगायतका पदाधिकारीहरु ,कोशी प्रदेश कमिटी सदस्य खगेन्द्र बिष्ट साथै स्थानिय कार्यकर्ता,वडाबासीहरुको उपस्थिति रहेको थियो ।


