प्रेस चौतारीको महाधिवेशन फागुन २३- २५ गते हुने

काठमाडौं, १८ पुस । प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म हुने भएको छ । 
 

महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए । बुधबार सम्पन्न प्रेस चौतारी नेपालको सचिवालय बैठकले सो निर्णय गरेको हो । 
 

अहिले पनि देश र राज्य व्यवस्था विरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लामाले बताए ।

 ‘श्रमजीवी पत्रकारको साझा संगठनको रूपमा रहेको प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भने ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।