साँगुरीगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भानु माध्यमिक विद्यालयलाई प्रथम स्थान

धनकुटा,२१ पुष । सातौं साँगुरीगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डाँडाबजारको भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा १८ स्वर्ण र ५ रजत सहित कुल २३ पदक जित्दै भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय खुडीले ६ स्वर्ण र ८ रजत जित्दै दोस्रो स्थाना प्राप्त ग¥यो ।

वुढिमोरङको रामनवमी माध्यमिक विद्यालयले ३ स्वर्ण र १० रजत पदक जित्दै प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल भयो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार वितरण गरेका थिए ।

साँगुरीगढी गाउँपालिका प्रायोजक रहेको प्रतियोगिताको आयोजना लक्ष्मी माध्यमिक विद्यालय खुडीले गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।