बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त

काठमाडौं, २५ पुस । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् ।

गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।

 

प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खेलकुद संघ संस्थाबाट भागबन्डा अनुसार एमाले कोटाबाट दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रुपमा ललितपुरकी दिपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठ तथा कांग्रेस कोटाबाट खेलकुद संघ संस्थाबाट मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्चार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरेकी हुन ।

 

यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए । जसअनुसार रवि महर्जन, कल्पना खड्का, नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो ।

 

तर, नियुक्त भएको ४५ दिनसम्म उनीहरुको सपथ हुन नसके पनि अब सपथ हुन सक्ने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।