लागुऔषध सहित ४ जना पक्राउ
सुनसरी, पुस २७ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ट्रामाडोल, स्पासपेन, निट्राजेपाम सहित ८०८ वटा ट्यव्लेट सहित इटहरी-१४ का २९ बर्षीय रूपेश नारायण चौधरी, इटहरी-८ का २२ बर्षीय बिसाल रसाईली, २० बर्षीय सबिन बिश्वकर्मा, इटहरी-१ का २० बर्षीय सेभिज भण्डारी समेतलाई पक्राउ गरेको छ ।
यसै गरि इलाका प्रहरी पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी-६ का २० बर्षीय हेमन बिश्वकर्मालाई ट्रामानिल ६०० क्याप्सुल सहित पक्राउ गरेको छ ।
यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-२० स्थितबाट को.४४ प ३७५४ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न व्यक्तिको खोजतालास भईरहेको छ ।


