सुनसरीको धरानबाट १ थान भरुवा बन्दुक सहित ५ जना पक्राउ

सुनसरी, पुस २८ गते । सुनसरीको धरान उप-महानगरपालिका-१९ हरियाली चारकोसे जंगल स्थितबाट १ थान भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २७ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानबाट रासतालतर्फ जादै गरेको बा. ४ च ४३३ नम्बरको कारलाई चेकजाँच गर्दा कारको सिटको मुनि लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक १ थान, गोली ५ थान, बारुद, खुकुरी १ थान फेला पारी कार चालक इटहरी-१३ का ३५ बर्षीय ज्योतिस चौधरी सहित कारमा सवार रामधुनी नगरपालिका-७ का ३३ बर्षीय सन्जु राई, ३१ बर्षीय विनय राज धामी, २८ बर्षीय दिवश माझी र सुन्दरहरैचा नगरपालिका-२ मोरङका ४१ बर्षीय मेहरमान भुजेललाई पक्राउ गरिएको छ ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।