वाईल्ड लाईफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई

काठमाडौं, २ माघ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले  आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम  श्रद्धाञ्जली दिएको  छ।

 

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपिजेको झण्डा ओडाएर सम्मानसहित अन्तिम बिदाइ गरेका हुन्। 

शेर्पाको आज बुधबार काठमाडौँको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको हो।

उनको आइतबार राति उपचारको क्रममा काठमाडौँको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा  निधन भएको थियो ।

 शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖