झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ९ जना पक्राउ

विराटनगर, माघ ३ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २ गते झापाको दमक नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक -२ का २३ बर्षीय सुसन बन्जरालाई लागुऔषध ट्रामोल ५० -२०० क्याप्सुल र स्पास्पेन-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५का २५ वर्षिय प्रकाश राजबंशी, ३२ वर्षिय रतन राजबंशी, २१ वर्षिय करण धिमाल र इलाम एकतप्पा-७ का २१ वर्षिय आषिश लिम्बुलाई ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी लागु औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले हिजो धरान-१२ स्थित लेटाङ-२ का २१ वर्षिय निरज मगरलाई १ ग्राम ३ मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ र इलाका प्रहरी कार्यालय नेमुवाले बुढिगंगा- २ टंकी चौक स्थितबाट २४ वर्षिय मोहमद हकिमको साथबाट निट्राजेपाम-४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय धरानले हिजो गोप्य सुचनाको आधारमा ट्रामाडोल-२५००क्याप्सुल लागु औषध सहित धरान-१०की २७ बर्षीय मनिका बि.क र ३८ बर्षीया रेनुका लिम्बुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖