मोरङको लेटाङमा ऐतिहासिक देउलिङे मेला सुरु

माेरङ, ३ माघ । मोरङको लेटाङ–१ बगुवामा माघ १ गतेदेखि ऐतिहासिक देउलिङे मेला सुरु भएको छ।

 

चिसाङ र भुवा खोलाको दोभानमा लाग्ने यो मेला क्षेत्रको सांस्कृतिक धरोहर र ऐतिहासिक महत्वको प्रमुख प्रतीक हो। पाँच दिनसम्म सञ्चालन हुने यस मेलाले पहाड र तराईका समुदायबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

 

वि.सं. १८०४ मा स्थानिय समुदायद्वारा सुरु गरिएको यो मेला धार्मिक आस्था र सांस्कृतिक परम्परासँग गहिरो रूपमा जोडिएको छ। देउलिङे मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष विर्ख बहादुर लिम्बुका अनुसार बासिन्दाका अनुसार, पारिवारिक कलह र जीवनका समस्याहरूबाट मुक्ति पाउन, साथै देउताको कृपा प्राप्त गर्न मेलाको सुरुवात गरिएको हो। मेलाको नाम “देउलिङे“ पनि सुरुमा “देबिलिङे“ बाट अपभ्रंश हुँदै विकास भएको मानिन्छ।

 

स्थानिय जानकार सन्तकुमार वजि लिम्बुका अनुसार पाँचथरबाट आएका दुई व्यक्तिहरु हान्साङसिङ र रनविरले यहाँ देउलिङे मन्दिर स्थापना गर्न अगुवाको भुमिका निर्वाह गरि पूजाको परम्परा सुरु गरेका थिए। त्यतिबेला १७ थुमका मानिसहरूलाई एकत्रित गरी मेलाको आधारशिला राखिएको थियो। बिर्खबहादुर वजिका अनुसार, पहाड र तराई जोड्ने मुख्य मार्गका यात्रुहरू यहाँ बास बस्दा हराउने घटनाहरू बढ्न थालेपछि अग्रजहरूले मेलाको स्थापनाको योजना बनाएका थिए।

 

यो मेला तामाङ, मगर, राई, लिम्बु लगायतका विभिन्न जातजातिको सहभागिताले पनि सामाजिक एकताको नमुना बनेको छ । मेलाको विशेषता परम्परागत धार्मिक गतिविधिमा केन्द्रित छ। हुकुवा ल्याएर पूजा गर्ने, सामूहिक रूपमा प्रसाद बाँड्ने, र सोल्टी–सोल्टिनी भेटघाट गर्ने परम्परा यस मेलाको प्रमुख आकर्षण हो । 

 

मेलामा स्थानीय परिकारहरूसेलरोटी, राँगाको मासु, सुँगुरको मासु, गुन्द्रुक, र फिलुङेको अचार खाने परम्परा जीवित छ। यसले मेलामा आउने मानिसहरूलाई सांस्कृतिक स्वादमा रमाउने अवसर दिन्छ । पहिले यो मेला एक महिना लामो चल्ने भए पनि हाल पाँच दिनसम्म सीमित गरिएको छ। मेलाको वातावरणले पहाड र तराईबीचको सांस्कृतिक सम्बन्ध झल्काउँछ ।

 

माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने यस मेलामा धार्मिक पूजाआजा, सांस्कृतिक कार्यक्रम, र परम्परागत भेषभूषाको प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् । यो मेला व्यवस्थापन समितिका अध्यक्ष बिर्ख बहादुर वजिका नेतृत्वमा सञ्चालन भइरहेको छ। मेलाको व्यवस्थापन र सञ्चालनका लागि स्थानिय समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 

देउलिङे मेला लेटाङ क्षेत्रको धार्मिक, सांस्कृतिक, र सामाजिक महत्व बोकेको मेलामध्ये एक हो। यसले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याएको छ। मेलाले धार्मिक आस्था मात्र नभई क्षेत्रीय एकता र सहकार्यको भावनालाई थप बलियो बनाएको छ । मेलाको पाँच दिनको अवधिमा हजारौं मानिसहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। यो मेला लेटाङको पहिचानसँग मात्र सीमित नभई सम्पूर्ण कोशि प्रदेश क्षेत्रकै गौरवको धरोहरका रूपमा रहँदै आएको छ ।

 

देउलिङे मेलाका अवशर पारेर साविक वडा स्तरिय भलिबल प्रतियोगिता समेत भईरहेको छ । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।