झापाबाट ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा, माघ ०४ गते । झापाको मेचीनगर नगरपालिका-६ र भद्रपुर नगरपालिका-३ स्थितबाट ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २ गते राती विशेष सुचनाको आधारमा मेचीनगर-६ स्थित मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापा अर्जुनधारा नगरपालिका-८ का ३५ बर्षीय अर्जुन श्रेष्ठ र भारत वेष्ट बंगाल दार्जेलिङका ३० बर्षीय मो. अनवर हुसेनलाई ६ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र नेपाली रुपैया २० हजार सहित पक्राउ गरेको हो भने उनिहरुलाई सोधपुछ तथा अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका-३ कि ४५ बर्षीया दोमासी राजबंशीले घरमा ब्राउनसुगर लुकाई राखेको छ भन्ने जानकारी गराएकोमा राजबंशीको घर खानतलासी गर्ने क्रममा २०१ ग्राम १९० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो ।

प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।