धनकुटाको जीतपुरमा वसन्त पञ्चमीमा खुल्ला पुरुष भलिवल प्रतियोगीता हुने
धनकुटा, माघ ११ गते । वसन्त पञ्चमीको अबसरमा धनकुटाको जीतपुरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्थानिय जनता माध्यमिक बिद्यालयको खेलमैदानमा हुन लागेको सो प्रतियोगिता महालक्ष्मी कप खेलकुद समितीको आयोजनामा हुन लागेको हो ।
माघ १८ गतेवाट २१ गते सम्म सञ्चालन हुन लागेको सो प्रतियोगितामा बिभिन्न राष्ट्रिय टोली सहित केहि स्थानिय टोलीको सहभागीता रहने आयोजना संस्थाका सल्लाहकार गौरव कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेता टोलीले उपाधि सहित दुइ लाख दुइ हजार दुइ सय २२ रुपैया हात पर्नेछ । त्यस्तै उपबिजेता टोलीले एक लाख एक एघार हजार एक सय ११ रुपैया हात पार्ने आयोजक महालक्ष्मी कप खेलकुद समितीका अध्यक्ष नरन तुम्वाले जानकारी दिनुभयो । त्यस्तै बिभिन्न बिधागत पुरस्कारको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।
करीब दशलाख रुपैया लाग्ने अनुमान गरीएको सो प्रतियोगीतामा महालक्ष्मी नगरपालिकाको बिषेश सहयोग रहनेछ । त्यस्तै वडा नम्बर ७ ले समेत प्रतियोगीतामा सहयोग गर्ने जनाइएको छ । पालिकाको मात्र नभइ जिल्लाकै भलिवल तर्फको खेलकुद गतिबिधि बढाउन तथा स्थानिय खेलाडीको मनोबल बढाउन प्रतियोगितालाई सहयोग गरिएको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुबराज रायले जानकारी दिनुभयो ।
प्रतियोगिता जिल्ला भलिबल सघको सहयोगमा संचालन हुनेछ ।


