गजल
गजल
जीवन पढेको छू, भोगेको छू यी वनपाखाबाट,
तर तिमीले कहिल्यै बुझिनौ मेरा यी आॅखाबाट ।।
खै हामीले केही गर्न नसकेर होला,
नत्र किन रून्थ्यो देश विरही भाकाबाट ।।

ए देश चलाउने मित्रहरू अब त मुख खोल,
भन्देउ कसरी हराउछ माटो यी नाकाबाट ।।
जमाना अनि सँस्कार बद्लीएकै रहेछ,
नत्र किन छूट्टिन्थ्यो छोरो रोगी बाउआमाबाट ।।
जानेहरू नजरका मेहफिलबाट धेरै दूर गएपनि,
किन छूट्टिन मान्दैन मन छुट्टिएर गाकाबाट ।।।
-✍️निरस यात्री तेज
लेकबेशी नगरपालिका, ३, सुर्खेत ( हाल : भोजपुर )

