ताप्लेजुङ भानुको हीरक जयन्तीमा पुस्तक विमोचन, चन्दादाताको नाम छुट्याएकोहरु कार्यक्रममै असन्तुष्ट

चन्द्र मादेन आन्छन,काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण सभाहलमा भानु एल्मुनाई समाज हीरक जयन्तीको उपलक्षमा “भानु स्मारिका” पुस्तक विमोचन सम्पन्न भएको छ । भानु एल्मुनाई समाजका अध्यक्ष ई. मेघेन्द्र कु. श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सामुहिक राष्ट्रिय गीतवाट सुरुवात गरिएको थियो ।

प्रमुख अतिथि घिमिरे, विशेष अतिथि संविधान सभाका अध्यक्ष एवं भानुका पूर्व प्रअ नन्द कुमार प्रसाई, त्यस्तै पूर्व प्रअहरु तुलाराम गुरुङ, विमला सेनेहाङ, पूर्व मन्त्री डा. भरत प्रधान, समीक्षक प्राडा रमेश भट्टराई, सभाध्यक्ष ई. मेघेन्द्र कु. श्रेष्ठद्धारा सयुक्त रुपले पुस्तक विमोचन गरिएको थियो । लगतै सांगीतिक संयोजक माधव प्रधानद्वारा शव्द र संगीत गरिएको स्वयं प्रधान, अशोक सिवा र रञ्जु श्रेष्ठद्धारा भानुकै स्वागत गीत गाईएको थियो भने स्वागत मन्तव्य कार्य समितिका सदस्य डेलमान गुरुङले गर्नुभएको थियो ।

समाजका सचिव एवं पुस्तकका प्रमुख सम्पादक टंक श्रेष्ठद्धारा संचालित उक्त कार्यक्रममा कार्यसमितिका सदस्य चन्द्र मादेन आन्छनद्धारा ” मेरो प्यारो भानु” कविता सुनाईएको थियो भने, पूर्व भानुका प्रअहरुको तर्फवाट प्रमुख वक्ता नन्द कु. प्रसाई र विमला सेनेहाङले आफूहरुले धेरै संघर्ष गर्दै विध्यार्थी र अभिभावकहरु संग सुखदुःख विताएकोधेरै कथाहरु भुल्नै नसक्ने ती दिनहरु भन्दै मन्तव्य दिनुभएको थियो । उक्त सभालाई आर्थिक र प्रचार प्रसार समितिको तर्फवाट संयोजक ध्रुव नारायण श्रेष्ठले आर्थिक दाता र कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिनुभएकोथियो ।

प्रमुख अतिथि देवराज घिमिरे जो भानुका पूर्व विध्यार्थीले सिङ्गो नेपाललाई चिनाउने ताप्लेजुङेहरु सकृंण छैनन, विशाल भावना भएका मिलनसार सहयोगीहरु हुनुहुन्छ । अझै विकासको निम्ति केकस्ता सहयोग गर्न सकिन्छ एकता भएर जानुपर्दछ भन्दै भानु एल्मुनाई समाजका सवै पदाधिकारीहरु प्रति कृतज्ञ भएको कुरा जानकारी गराउनु भयो । भानु स्मारिका ६६६ पृष्ठ लामो पुस्तकमा १२६ जना लेखकहरुले आआफ्नो विचार पस्कनुभएको छ भने, सो पुस्तकलाई टिप्पणीकार समीक्षक प्राडा रमेश भट्टराईले छोटो समयमा समीक्षा गर्ने सुअवसर आफूले पाएतापनि सवै लेखकको लेखमा भानु संग सम्वन्धित हुनका साथै केहिन केहि शिक्षामुलक रोचक संस्मरण गर्न लायक हरेकले लेख्नुभएको छ । यसमध्ये काजी श्रेष्ठ, तुलाराम गुरुङ, नन्द कु. प्रसाई, देवराज घिमिरेको लेख राजनैतिक, वैचारिक र चेतनामुलक देखिन्छ । मलाई हिजै मात्र समीक्षा गर्न दिनु भएको लेख भएतापनि संस्था प्रति आभारी भएको कुरा जानकारी गर्नुभयो ।

प्रत्येक भानुका पूर्व विध्यार्थीहरुलाई नौमती पञ्चे वाजाका साथ खदा मालाले स्वागत गरिएको थियो । करिव ३ सये जनाको उपस्थित सवैलाई निशुल्क पुस्तक वितरण गरिएको थियो । करिव ३ हप्ता भित्रमा आर्थिक संयोंजक ध्रुव नारायण श्रेष्ठको नेतृत्वमा १६ लाख ज्यादा आजीवन र सहयोग रकम संकलन गरिएको छ भने उक्त रकमलाई भानुकै गरिव जेहेन्दार विध्यार्थी या ताप्लेजुङकै गरिव निमुखा, असहाय विध्यार्थीको निम्ति अक्षय कोष स्थापनाको लागि समितिले ठोस निर्णय गर्ने छ । तर दाताहरु धेरै जनाको नाम पुस्तकमा छुटेकोमा कार्यक्रम स्थलमा आयोजक र पुस्तक सम्पादक प्रति चरम गुनासो देखिन्थ्यो । अन्त्यमा, सभापति ई. मेघेन्द्र कु. श्रेष्ठले भव्य र सभ्य कार्यक्रम भएकोमा सवैलाई धन्यवाद दिनुहुदै कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।