धनकुटामा काठको गोलियाले किचेर एक जनाको मृत्यु
धनकुटा,२३ माघ । धनकुटामा काठको गोलियाले किच्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको चौबिसे गाउंपालिका ७ का २७ वर्षीय मौषम चेम्जोङ रहेका छन् ।
हिजो दिउंसो बसन्तटारमा बाटोमाथिबाट सडकमा गोलिया झार्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चेम्जोङको उपचारका क्रममा धरान लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिनु भयो ।


