धनकुटाको साँगुरीगढी स्थित थुटेबर देखि चाँदीबजार सम्मको सडक निर्माण कार्य तीब्र,थप बजेटको लागि पूर्वमन्त्री राईको पहल
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-९ थुटेबर देखि चाँदीबजार सम्मको गुणस्तरिय सडक निर्माण कार्य धमाधम काम भैइरहेको छ।
संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित वजेट २ करोड १५ लाखको थुटेबर देखि चाँदीबजार खण्डमा करिव कटिङको काम १.५ कि.मि. सम्पन्न भएको छ।
मिसिनरीको काम बाँकी रहेको तर गेभियन जालीको काम धमाधम भईरहेको छ।
यही सडक अन्तर्गत बाँकी केही ठाउँमा काम गर्न थप वजेटको लागि यसै वर्ष काम गर्ने गरी नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य एवं धनकुटा जिल्लाको संघीय सांसद तथा पुर्व मन्त्री राजेन्द्र कुमार राईको पहल अन्तिम चरणमा छ।


