लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धनकुटाको अध्यक्षमा लिम्बु
धनकुटा,माघ २५ । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको धनकुटा जिल्ला अधिवेसन आज शुक्रबार सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष शिव आङ्लाको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेसनबाट गोविन्द लिम्बुको अध्यक्षतामा २२ सदस्य नयाँ जिल्ला कमिटी गठन गरिएको छ । उपाध्यक्ष टेक बहादुर गाेङ्वा , उपाध्यक्ष विनाेद तामाङ , सचिब ताेर्ण खपाङ्गी , उपसचिव रत्न मगर , उपसचिव विक्छा राई , कोषाध्यक्ष बसन्त राई गरि २२ सदस्यीय जिल्ला कमिटी गठन गरेको हाे ।
जिल्ला अधिवेसनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा महासंघका जिल्ला ईन्चार्ज पेमा कुमारी लामा , महासंघ केन्द्रीय सदस्य अस्मिका राई ,महासंघका काेशी प्रदेश नेता खगेन्द्र राई , सचेता आठपहरिया , यस्तै पार्टीका जिल्ला सचिव पर्शुराम नेपाल , उपसचिव नैनारुचाल लगायत नेताहरुको सहभागिता थियो ।







