धनकुटामा खुकुरी प्रहारबाट एक जना घाइते
धनकुटा । धनकुटामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।
जिल्लाको चौबिसे गाउंपालिका ८ स्थित आमडांडामा २१ बर्षिय छबि मगरलाई स्थानिय दल बहादुर मगरको घरमा विवाहको निम्तो मान्न आएका बेला खुकुरी प्रहार गरिएको हो ।
खुकुरी प्रहार गर्ने सोही स्थानका २१ बर्षिय विपिन थापाले अत्याधिक मदिरा सेवन गरेर उक्त कार्य गरेको र मगरको शरिरका केही भागमा चोट लागेको छ ।
घाइते मगरको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र थापालाई इलाका प्रहरी कार्यालय राजारानीबाट खटिइ गएको टोलीले खुकुरी सहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइंदै गरेको जिप्रका धनकुटाका प्रहरी निरीक्षक बिष्णु खड्काले जानकारी दिए ।


