धनकुटाको सहिदभूमिमा वेवारिसे अवस्थामा मृत भेटिएका पुरुषको खुल्यो पहिचान
धनकुटा,२८ माघ । धनकुटामा वेवारिसे अवस्थामा मृत फेला परेका एक जना पुरुषको पहिचान खुलेको छ ।
मृतक सुनसरीको धरान उपमहानगरपालिका १७ का ४७ बर्षिय दिल कुमार मगर भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक बिष्णु खड्काले धनकुटा खबरलाई जानकारी दिए ।
मृतक मगरको शव जिल्लाको सहिदभूमि गाउंपालिका ३ छिन्तांग श्रीवानी स्थित कार्की खोलामा गत शनिवार दिउंसो वेवारिसे अवस्थामा फेला परेको थियो ।
मृतक मगर संगै काम गर्न आएकी कान्छी श्रीमति पनि फेला परेको र धरानबाट मृतकका छोरा-छोरी धनकुटा आउंदै गरेको जनाइएको छ ।


