गोकुण्डेश्वर मावि धनकुटाको वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिता सञ्चालन
धनकुटा । गोकुण्डेश्वर मावि धनकुटाकोे ९२ औ बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरु वीच विभिन्न प्रतियोगिता सञ्चालन गरिएको छ ।
तल्लो टुडिखेलमा सञ्चालित खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल तर्फ (कविराम पौडेल,नविन पौडेल प्रविन कार्की,प्रताव वराईली ,लोक वहादुर खड्का,सितल लिम्बु र अच्चल राई) को टिम प्रथम र (सवनम खपागी,राजु श्रेष्ठ,धड्कन राई,रिजन लिम्बु,लिलामणी दाहाल,प्रशान्त राई र प्रविन राईको) टीम दोस्रो भएका छन ।
यसैगरी महिला भलिबल तर्फ ,हेमलता राई,सकिना लिम्बु,प्रियंंका लिम्बु,रीता कुलुङ्ग,सरस्वती कटुवाल, नेहा राईको टिम प्रथम र सावित्रा राई,करुणा राई,मनिषा राई,पवित्रा थापा,सरु मगर,सम्झना पौडेल प्रथम र अंशु मगरको टिम दोस्रा भएका छन ।
यसैगरी फुटवल खेलम तर्फ बिज्ञान समुह र दोस्रो शिक्षा समुह हिलो भएका छन भने फुटवलकै जुनियर तर्फ प्रथम रेडहाउस र दोस्रो निलोहाउस दोश्रो भएका छन ।
१०० मिटर दौड प्रतियोगिता अन्र्तगत आधारभूत तह छात्र तर्फ प्रथम, किरण महरा,दोस्रो निर्मल श्रेष्ठ,तेस्रो हरी घतानी र छात्रा तर्फ सञ्जु पयिार प्रथम,,सीता लकान्द्री दोस्रो र तपस्या विशंखे तेस्रो भएका छन ।
मावि छात्र तर्फ कविराम पौडेल प्रथम,नविन पौडेल दोस्रो,जीवन खड्का तेस्रा्े भएका छन । छात्रा तर्फ तीर्सना राई प्रथम,कुञ्जना डंगोल दोस्रो र बिनु मगर तेस्रो भएको खेल शिक्षक भोला भट्राईले जानकारी दिनुभयो ।
२०० मिटर दौडको छात्रा तर्फ माध्यमिक तर्फ तीर्सना राई प्रथम,बिनु मगर दोस्रो र कुञ्जना डंगोज तेस्रो भएका छन,भ ने छात्र तर्फ प्रविन राई प्रथम दिवस कार्की दोस्रो र निरोज विष्ट तेस्रो भएको शिक्षक यम पौडेलले वताउनु भयो ।
विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई माघ ३० गते वुधवार विद्यालयमा बार्षिक उत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाण वितरण गरिने विद्यालयका प्रधानाध्यापक पाचागाईले वताउनु भयो ।
खेलकुद प्रतियोगिताका प्रमुख अतिथी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएनका वरिष्ट उपाध्यक्ष विजय सन्तोषी राइले खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सकिने वताउनु भयो । उहाँले व्यावसायी खेलकुदबाट खेलाडीहरुले राम्रोसंग जीवन यापन गर्न सक्ने समेत वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उत्तम खडगीको अध्यक्षतामा भएको खुलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश पाचागाईले खेलकुद प्रतियोगिताको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको संचालन शिक्षक भक्त खड्काले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी प्रसाद सापकोटा, प्रावि शिक्षक इञ्र्चाज मछिन्द्र राई,उच्च मावि शिक्षकहरु हिमसागर कार्की,यम पौडेल,खेलकुद शिक्षक भोला भट्टराई,शिक्षकहरु विश्वराज गौतम ,खगेन्द्र श्रेष्ठ, पूर्व शिक्षक उद्धम मणी राई लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती थियो ।


