कार्यसम्पादन मुल्याङ्कनमा धनकुटा नगरपालिका जिल्लामा पहिलो,दोस्रोमा पाख्रिबास नगरपालिका

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धनकुटाको धनकुटा नगरपालिका पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धनकुटा नपाले ६७ दशमलव ६ अंक प्राप्त गरी जिल्ला प्रथम बनेको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको हो । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको, नियमित सार्वजनिक सुनुवाई गरे/नगरेकोलगायत १७ सूचकको अनुगमनमा धनकुटा प्रथम बनेको हो ।

आयोगको मुल्याङ्कनमा ६४ दशमलव १ अंक ल्याएर पाख्रिबास नगरपालिका दोस्रो र ५७ दशमलव १ अंक ल्याएर सहिदभूमि गाउँपालिका जिल्ला तेस्रो बनेको छ ।


त्यस्तै ५५ दशमलव ३ अंक ल्याएर महालक्ष्मी नगरपालिका चौथो, ५४ दशमवल २ अंक ल्याएर चौबिसे गाउँपालिका पाँचौँ, ४४ दशमलव १ अंक ल्याएर सांगुरीगढी छैटौँ र ३५ दशमलव ७ अंक ल्याएर छथर जोरपाटी गाउँपालिका सातौँ बनेको छ ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ ।

आयोगका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖