कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जना पक्राउ

बिराटनगर, फागुन ०९ गते । कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन ०८ गते मोरङको बेलबारी नगरपालिका-८ स्थितमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलबारी-८ का २९ बर्षीय श्याम पुकार साह र २२ बर्षीय संगम महत्तोलाई ब्राउन सुगर ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने झापाको बिर्तामोड नगरपालिका-५ बाट ३१ बर्षीय मोहमद कलिम, २४ बर्षीय मोहमद अली, बिर्तामोड-४ का ३८ बर्षीय गोपाल क्षेत्री, बिर्तामोड-३ का २९ बर्षीय सुदिप बिश्वकर्मालाई ४५० ग्राम गाँजा सहित अस्थायी प्रहरी पोष्ट बसपार्कले र कमल गाँउपालिका-४ का १८ बर्षीय प्रितम चम्लागाँईलाई निषेधित औषधी ९२ चक्की सहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय धरानले धरान-१५ का २३ बर्षीय मन्दिप राई, २५ बर्षीय सन्दिप राई र २२ बर्षीय करण थापालाई ट्रामाडोल ७८५ ट्याब्लेट, स्पास्पेन ८३५ चक्की सहित र इलाका प्रहरी कार्यालय जलजले उदयपुरले त्रियुगा नगरपालिका-११ का २९ बर्षीय आनन्द देव चौधरीलाई २७ एम्पुल निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानीले प्रतिबन्धित औषधी १८० एम्पुल सहित खोटाङ लिच्किराम्चे-९ का २४ बर्षीय भविराज राईलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।