सहिदभूमिमा यसरी गरियो सेवानिवृत्त कर्मचारीलाई विदाई
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा कर्मचारी विदाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकामा बिहीबार एक कार्यक्रमको आयोजना गरी अनिवार्य अवकास पाउनुभएका सहायकस्तर पाँचौ कर्मचारी साविक छिन्ताङ्ग गाविसको कार्यालयमा सहायक(खरिदार) र हाल सहिदभूमि गाउँपालिकामा सहायक पाँचौ स्तर वडासचिवको जिम्मेवारीमा रहनु भई २८ वर्ष सम्म कार्यरत रहि अनिवार्य अवकाश पाउनु भएका टंकप्रसाद राईलाई बिदाई समारोहका बीच सम्मान तथा मायाको चिनाे प्रदान गरेर विदाई गरिएको हाे ।
सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईको अध्यक्षता सम्पन्न विदाई कार्यक्रममा सेवानिवृत्त हुनुभएका राईलाई दाेसल्ला , खदा , सम्मान पत्र , मायाको चिनाे करुवा प्रदान गर्दै सम्मान सहित विदाई गरिएको थियोे । साे अवसरमा सहिदभूमि गाउँपालिकाकाे उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत सुर्य भण्डारी , वडा अध्यक्ष बम बहादुर राई , खगेन्द्र राई , भिम बहादुर राई , हेम कुमार राई , कार्यपालिका सदस्य , वडा सदस्य , विभिन्न शाखा प्रमुख कर्मचारी , कर्मचारीले शुभकामना सहित अविरले सम्मान सहित विदाई गरेकाे थियोे ।
यस्तै सेवानिवृत हुनु भएका कर्मचारी राईले बाेल्नु हुदै पालिकाले बिदाई कार्यक्रम सहित सम्मान गरेकोमा खुसि व्यक्त गर्नु हुदै आफ्नो २८ वर्षसम्मकाे अनुभव राख्नु भएको थियोे ।




