पाख्रीबासमा गुन्जिए कवि मञ्जुल मितेरी(भिडियो सहित)

धनकुटा । धनकुटाको पाख्रीबास आज चर्चित कवि मञ्जुल मितेरीका कविताले गुन्जायमन बनाएको छ ।

पाख्रीबास कला साहित्य समाजको आयोजनामा सम्पन्न पाख्रिबास काब्य श्रृंखला अन्तर्गत आज कवि मितेरीले आफ्ना कविताहरु वाचन गरेका थिए ।

कविले ‘लभ यु जिन्दगी’ शिर्षकको कविताबाट सुरु गरेर ‘दामिनी फूल’,’साकुराको फेदमा उभिएर,बेपत्ता पसिनाहरु,स्वीकार्य-अस्वीकार्य,आमा र परिवर्तन,क्रान्तिको गीत,सुदूर अनुहारहरु,कामी गर्दै अन्तिममा ‘म त चांडै फर्कनु छ’ शिर्षकको कविता सुनाएर बिट मारेका थिए ।

कविका अधिकांश कविता शब्दहरु समाजका बेथिति,बिसंगति बिरुद्दको तिखो प्रहार र दलित सौन्दर्य चिन्तनलाई अघि ल्याउन सफल र शसक्त रुपमा उभिएका छन् ।

कवि मितेरीको जन्म २०३६ साल माघ २८ गते, मोरङ जिल्लाको मिक्लाजुङ गाउॅ पालिकामा बुवा ईन्द्रबहादुर विश्वकर्मा, र आमा सरीता विश्वकर्माको कोखबाट भएको हो ।

साहित्य बाहेक अन्य विविध विधामा पनि मितेरी उत्तिकै शसक्त र पोख्त छन् । कवि मितेरीले ६ कक्षा पढ्दै ११ बर्षको उमेरदेखिनै अरनिकोको जीवनीबाट प्रेरित भएर मूर्तिकला यात्राको शुरुवात पनि गरेका थिए भने हाल जापानको चट्टानी पहरामा यो शताब्दीमै बिश्वकै सबैभन्दा बिशाल गौतम बुद्धको मूर्ति निर्माणको नेतृत्वकर्ताको रुपमा कार्य सम्पन्न गर्दैछन् ।

कवि मितेरीको मुख्य लक्ष्य १ हजार बिश्वप्रसिद्ध ब्यक्तित्वहरुका अर्धकदका शालिकहरु बनाएर राष्ट्रलाई उपहार चढाउने रहेको , जसका लागि हालसम्म १ सय ५० शालिकहरु निर्माण गरीसकेको र बॅाकी शालिक निर्माणमा निरन्तरता काम भइरहेको बताए  ।

कवि मितेरीका आस्था कविता संग्रह (२०५७) ,अर्काको देशमा( कथा संग्रह) (२०७१) र  कामी (कविता संग्रह) साहित्यिक कृतिहरु प्रकाशित भइसकेका छन् भने गीत लेखन र संगीत सिर्जना तर्फ पनि उत्तिकै सक्रिय छन् ।

उहांका हालसम्म आफैले गाएका, आफैले संगीत भरेका वा अन्य कलाकारहरुले गाउनुभएका १० भन्दा बढी गीतहरु बिमोचित छन् भने मितेरी उसु (कुङ् फू) मार्शल आर्टको राष्ट्रिय खेलाडी र प्रशिक्षक पनि हुन् ।

कवि मितेरी नेपाल सरकारद्वारा राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३, प्रादेशिक ललितकला प्रतिभा पुरस्कार २०७९ लगायत विभिन्न १०० बढी पुरस्कार तथा सम्मानहरु पाइ सकेका छन् ।

समाजका अध्यक्ष प्रेम भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रमलाई सचिव ध्रुव एलेक्सले संचालन गरेका थिए ।

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।