धनकुटामा ट्रकको ठक्करबाट बृद्दाको मृत्यु
धनकुटा,१४ फागुन । धनकुटामा ट्रकको ठक्करबाट एक बृद्दाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धनकुटा नगरपालिका ६ गोठगाउं बस्ने ७० बर्षिय नन्द कुमारी राई रहेका छन् ।
हिजो सांझ धरानबाट हिले तर्फ जांदै गरेको प्र-१-०२-००२ ख ००४९ नम्वरको ट्रकको ठक्करबाट पैदल हिंडिरहेकी राईको घटना स्थलमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ । ट्रक चालक धनकुटा नपा १ बस्ने ३९ बर्षिय भरत कुमार राई र ट्रकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।


