मोरङको उर्लाबारीमा पर्खाल फोरेर सुन पसलमा चोरी
मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नं ४ आइतबारे चोकस्थित न्यु पाथिभरा ज्वेलर्समा चोरी भएको छ।
पसलका सञ्चालक रमेश गजमेर बराइलीका अनुसार सोमबार राति पसलको पछाडिको पर्खाल फोरेर चोरहरूले लाखौँको धनमाल चोरी गरेका हुन ।
करिब २० तोला सुन, ६० केजी हाराहारीमा चाँदी र नगद करिब १५ हजार रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
पसलका सञ्चालक बराइलीका अनुसार चोरहरूले प्रमाण नष्ट गर्न सीसीटीभीको डिभाइस समेत लिएर गएका छन्।-सुन्दरहरैचा अपडेट


