नेकपा एमाले जिल्ला कमिटी धनकुटाद्वारा जराकेन्द्रित अभियानमा जुट्न निर्देशन

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले जिल्लाको ६ वटा पालिकाको पालिका अधिवेशन सकाउदै पार्टीको जराकेन्द्रित अभियानमा जुट्न निर्देशन दिएको छ ।

६ वटा पालिका अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गर्दै पार्टीको जरा केन्द्रित अभियानमा लाग्न निर्देशन दिएका छन् ।

जिल्ला पार्टी कार्यलय हलमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज पुर्व मन्त्री राजेन्द्र कुमार राई , पार्टीका जिल्ला अध्यक्ष शिव आङ्गला , पार्टीका जिल्ला उपाध्यक्ष चिन्तन तामाङ लगायतले पार्टीको काममा कर्तव्यनिष्ठ भएर केपी ओलि नेतृत्व सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिएका छन् ।

पार्टीलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिशालि पार्टीको रुपमा स्थापित गर्नका लागि आजैदेखि एकताबद्व भएर जुट्न आवश्यक रहेको बताएकाछन् । साेहि अवसरमा राजनैतिक पार्टीको तुलनात्मक अध्ययन विषयमा पार्टीका नेता नकुल राईले प्रशिक्षण दिनुभएको थियो भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सिद्धान्तका बारेमा पार्टीका उपसचिव नैन विश्वकर्माले सहजिकरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖