सहिदभूमिमा जारी एकीकृत एक दिने घुम्ती शिविर अन्तर्गत नि:शुल्क पशु स्वास्थ्य शिविरको आज तेस्रो दिन २ हजार २९ वटा पशुपंक्षिको उपचार तथा ओैषधि वितरण
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटामा जारी एकीकृत घुम्ती शिविर अन्तरगत एकदिने निशुल्क पशुस्वास्थ्य शिविरको आज तेस्राे दिन २ हजार २९ वटा पशुपंक्षिकाे उपचार तथा ओैषधि वितरण गर्दै वडा नं १ मा शिविर सम्पन्न भएको छ ।
आज वडा नं १ मा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ६७ घरधुरी कृषकले पालेका २ हजार २९ वटा पशुपंक्षिककाे उपचार तथा महामारी जन्य राेग नियन्त्रणका लागि ओैषधि वितरण गरिएको पशुशाखा प्रमुख नगेन्द्र पाैडेलले जानकारी दिनु भयो ।
शिविरको उपाध्यक्ष रत्नश्वरी राईले किसानलाई पशुउपचारका लागि ओैषधि प्रदान गर्दै शिविरको उद्घाटन गर्नु भएको थियोे । जस अनुसार शिविरमा गाई , १सय ४०,भैंसी ३१, बाख्रा ८सय ७१ ,बंगुर १ सय ,कुखुरा ८ सय ८० वटालाई जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशु शाखा पाैडेलले बताउनुभयो । यस्तै ७ वटा कुकुरलाई रेविज विरुद्धको खाेप लगाएको छ ।
त्यस्तै गरि बुधबार वडा नं ३ मा सञ्चालन गरेको शिविरमा १ सय ४१ घरधुरी कृषककाे २ हजार ८४ वटा पशुपंक्षीकाे उचार तथा ओैषधी वितरण गरिएको पशु शाखाले जनाएको छ ।










