सुनसरी र मोरङबाट ब्राउन सुगर सहित दुई जना पक्राउ
मोरङ,फागुन २४ गते । सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २३ गते साँझ उर्लाबारी नगरपालिका-७ स्थितमा इलका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा भद्रपुर नगरपालिका-४ का ४५ बर्षीय सन्तोष श्रेष्ठको साथबाट ३ ग्राम ६५० मिलिग्राम खैरो हिरोहिन सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलिले गाँजा विक्रिवितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा दुहबी नगरपालिका-१२ का ५१ बर्षीय विजय कुमार पौडेलाई ४५० ग्राम गाँजा सहित पक्राउ परेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


